अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सिन्धुलीबाट काठमाडौं आउँदै गरेकाे बस र सुमो पहिरोले पुरिए, आजै खुलेको बीपी राजमार्ग पुन:अवरुद्ध

सिन्धुलीबाट काठमाडौं आउँदै गरेकाे बस र सुमो पहिरोले पुरिए, आजै खुलेको बीपी राजमार्ग पुन:अवरुद्ध


काठमाडौं-बीपी राजमार्गमा पर्ने रोशी गाउँपालिका-११ पिप्लेमा सुख्खा पहिरो खस्दा फेरि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। 

सडकमा सवारी साधन गुडिरहेको अवस्थामा एक्कसी माथिबाट आएको सुख्खा पहिरोले दुईवटा सवारी साधनलाईमसेत पुगेको छ।

सिन्धुलीटबाट काठमाडौँ तर्फ आउँदै गरेको बा ४ ख ४३५२ नम्बरको बसलाई पहिरोले रोशी खोलामा खसालेको छ भने खोटाङबाट काठमाडौं आउँदै  गरेको ना १ ज- ६८१७ नम्बरको सुमोलाई पहिरोले पुरेको प्रहरीले जनाएको छ।

घटनामा मानवीय क्षति भने नभएको प्रहरीको भनाई छ। बिहीबार बिहान करिब तीन बजे पहिरो खसेको हो। पहिरोले बसलाई सडकबाट झण्डै २० मिटर तल खसालेको छ। त्यसैगरी पहिरोले पुरेको सुमोको भने पछाडिको भाग मात्रै देखिएको छ। 

‘बीपी राजमार्ग अन्तर्गतकै नमोबुद्ध तेमाल हुँदै मंगलटार जाने कच्ची सडक खण्ड र रोशी गाउँपालिका ११ पिप्लेस्थित बीपी राजमार्गमा पुनः सुख्खा पहिरो झरिरहेकोले तत्कालको लागि दुईतर्फी नै सडक अवरुद्ध रहेकाले यात्रा नगर्न अनुरोध छ,’ जिल्ला प्रहरी कार्यालय काभ्रेले केही बेरअघि जारी गरेको सूचनामा भनिएको छ। 

 बाढी पहिरोबाट क्षतिग्रस्त भएको १४ दिनदेखि अवरुद्ध बीपी राजमार्गको काभ्रेचौकी डाँडादेखि सिन्धुलीको नेपालथोक सडकखण्ड आज बिहानबाट गाडी चल्न थालेको थियो।

काठमाडौँ उपत्यकालाई पूर्वी नेपालसँग जोड्ने छोटो दूरीको बीपी राजमार्ग यही असोज ११ र १२ गतेको बाढीपहिरोले अवरुद्ध भएको थियो। बाढीपहिरोले राजमार्गको विभिन्न ठाउँमा गरी करिब १२ किलोमिटरसम्म क्षति पुगेको छ।