अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

टीकाको उत्तम साइत बिहान ११:३६ बजे, कुन दिशा फर्केर लगाउने ?

टीकाको उत्तम साइत बिहान ११:३६ बजे, कुन दिशा फर्केर लगाउने ?


काठमाडौं-दशैंको मुख्य दिन भोलि (शनिबार) विजया दशमी । यस वर्षको विजया दशमीको टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ। दशमीमा टीका, जमरा लगाउने र मान्यजनबाट आशिष लिने चलन छ।

भोलि बिहान ११ बजेर ३६ मिनेटमा टीकाको उत्तम साइत रहेको पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। उत्तम साइतमा नभ्याए पनि विजया दशमीको दिन बिहानैदेखि टीका लगाउन बाधा नपर्ने भएकाले साइत कुर्न नपर्ने र भोलि दिनभर नै टीका लगाउन सकिने समेत समितिले जनाएको छ।

चन्द्रमा दाहिने पारेर दशैंको टीका लगाउँदा पूर्व फर्कने र लगाई दिने पश्चिम फर्केर लगाइ दिँदा राम्रो मानिन्छ। नेवार समुदायले यो दिन मोहनी नखः मनाउने चलन छ । ९ दिनसम्म दुर्गा भवानीको पूजा आराधना गरी उमारिएको नल स्वा अर्थात् जमरा लगाउने चलन छ।