अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

धादिङमा माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

धादिङमा माइक्रो दुर्घटना हुँदा ११ जना घाइते


धादिङको महादेवबेसी नजिकै नौकिलामा माइक्रो दुर्घटनामा ११ जना घाइते भएका छन् । काठमाडौँबाट गोरखा जाँदै गरेको माइक्रो दुर्घटनामा परेको हाे ।

बागमती प्रदेश ०१ ०३० च ७६५९ नम्बरको विद्युतीय भ्यान (ईभी) आफैँ अनियन्त्रित भइ सडकबाट १५–२० मिटर तल दुर्घटनामा परेको प्रहरीले जनाएको छ। 

घाइतेहरूलाई उपचारका लागि महादेवबेसीस्थित टाइम्स केयर अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार नारायणगढ मुग्लिन सडकखण्डमा कुनै अवरोध नभएको प्रहरीले जनाएको छ।