अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

भाइटिका दिदीबहिनी र दाजुभाइबीच स्नेह जागृत गर्ने महान् पर्व: प्रधानमन्त्री ओली

भाइटिका दिदीबहिनी र दाजुभाइबीच स्नेह जागृत गर्ने महान् पर्व: प्रधानमन्त्री ओली


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले तिहार नेपालीहरूको महिमापूर्ण पर्व भएको बताउनुभएको छ।

भाइटिकाको अवसरमा सामाजिक सञ्जाल फेसबुक मार्फत् शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले तिहार जीवनमा उज्यालो छर्ने चाड भएको उल्लेख गर्नुभएको छ।

प्रधानमन्त्री ओलीले भाइटिकाको अवसरमा सम्पूर्ण दिदीबहिनी र दाजुभाइमा सुख, शान्ति र उमङ्गको कामना गर्नुभएको छ।
भाइटिकाले दिदीबहिनी र दाजुभाइ बीच थप स्नेह जागृत गर्ने बताउनु भएको छ।

‘यस वर्षको तिहारको आज अन्तिम दिन, दिदीबहिनी र दाजुभाइ बिचमा स्नेह जागृत गर्ने महिमा बोकेको महान् पर्व भाइटिका, समस्त दिदीबहिनी दाजुभाइको जीवनमा उज्यालो छाओस्, सुगन्ध फैलियोस्, सबैमा सुस्वास्थ्य, सुख, शान्ति र उमङ्गको कामना, सबैलाई भाइटिकाको शुभकामना’, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ।