अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सुर्खेत-दैलेखको सिमानामा फोर्स गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु

सुर्खेत-दैलेखको सिमानामा फोर्स गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु


काठमाडौं-सुर्खेत-दैलेख सिमास्थित वीरेन्द्रनगर-१४, को रातानाङ्ग्ला नजिक फोर्स गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

दैलेखबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ००१ख ९९८ नम्बरको गाडी शुक्रबार दिउँसो २ः२० मिनेटमा फोर्स गाडी दुर्घटनामा परेको हो।

गाडी सडकभन्दा झण्डै दुई सय मिटर भिरमा खसेकाले यकिन विवरण सङ्कलन गर्न नसकिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा २४ जनाभन्दा बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। घाइतेलाई कर्णाली प्रदेश अस्पतालमा पठाइएको छ भने थप विवरण आउन बाँकी नै रहेको प्रहरीले जनाएको छ।