अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पत्रकार महासङ्घ निर्वाचन: निर्मला शर्मा नेतृत्वको प्यानल घोषणा

पत्रकार महासङ्घ निर्वाचन: निर्मला शर्मा नेतृत्वको प्यानल घोषणा


काठमाडौँ-नेपाल पत्रकार महासङ्घको निर्वाचनका लागि निर्मला शर्माको नेतृत्वमा नयाँ प्यानल घोषणा गरिएको छ। काठमाडौँमा एक कार्यक्रमबीच आज शर्माको नेतृत्वमा प्यानल घोषणा गरिएको हो।

शर्मा नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियन र नेकपा एमाले सम्बद्ध प्रेस चौतारी नेपालका साझा उम्मेदवार हुनुहुन्छ। शर्माको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, महिला उपाध्यक्षमा नितु पण्डित, समावेशी उपाध्यक्षमा उमिदप्रसाद बागचन्द र महासचिवमा रामप्रसाद दाहालले उम्मेदवारी दिनुभएको छ। 

यस्तै, खुल्ला सचिवमा रमेश खतिवडा, महिला सचिवमा सोनी शर्मा, आदीवासी जनजाति सचिवमा सविन प्रियासन, मधेसी सचिवमा अशोककुमार तिवारी, दलित सचिवमा प्रकाश धौलाकोटी, एसोसिएट सचिवमा बैकुण्ठराज पराजुली र कोषाध्यक्षमा रामकृष्ण ज्ञवालीले उम्मेदवारी दिनुभएको हो। 

अध्यक्ष पदका उम्मेदवार शर्माले नेपाली पत्रकारिता र मिडिया उद्योगले भोगिरहेका समस्या समाधान गर्दै पत्रकारिताको बृहत्तर हित र विकासका लागि नीतिगत नेतृत्व तथा व्यावहारिक सक्रियताका साथ महासङ्घको समग्र दायित्व पूरा गर्ने प्रतिबद्धतासमेत जनाउनुभएको छ।

पत्रकार महासङ्घका पूर्व सभापतिहरू सुरेश आचार्य, महेन्द्र विष्ट, विपुल पोखरेले लगायतले अध्यक्षमा समर्थन गरेको निर्मला शर्माले बताउनुभयो। योसँगै अब महासङ्घको चुनावका लागि दुई सङ्गठनको संयुक्त प्यानल आधिकारिक रूपमा मैदानमा उत्रिएको छ।

आगामी मङ्सिर २८ गते हुने नेपाल पत्रकार महासङ्घको निर्वाचन हुँदैछ।

पत्रकार महासंघको आगामी मङ्सिर २८ गते हुने निर्वाचनमा नेपाल प्रेस युनियन र प्रेस चौतारीका साझा उम्मेदवारको नामावली:

अध्यक्ष– निर्मला शर्मा

वरिष्ठ उपाध्यक्ष– दीपक आचार्य

महिला उपाध्यक्ष– नितु पण्डित

समावेशी उपाध्यक्ष– उमिदप्रसाद बागचन्द

महासचिव –रामप्रसाद दाहाल

सचिव खुल्ला– रमेश खतिवडा

सचिव महिला– सोनी शर्मा

सचिव आदिवासी जनजाति– सविन प्रियासन

सचिव मधेशी– अशोककुमार तिवारी

सचिव दलित– प्रकाश थौलाकोटी

सचिव एसोसिएट– बैकुण्ठराज पराजुली

कोषाध्यक्ष– रामकृष्ण ज्ञवाली

लेखा समिति संयोजक– केसी लामिछाने

खुल्ला सदस्य

रामेश्वर कार्की, छविलाल तिवारी, भूपेन्द्र आचार्य, मुकुन्दप्रसाद भण्डारी, लवदेव ढुंगाना

कोशी प्रदेश सदस्य– कमलमणि रिमाल, शंकर खरेल

मधेस प्रदेश सदस्य– अच्युतम् कुमार सापकोटा, राजेश कर्ण

वागमती प्रदेश सदस्य– नवराज पथिक, नारायण अधिकारी

गण्डकी प्रदेश सदस्य– कृष्ण केसी, केवि राना

लुम्बिनी प्रदेश सदस्य– विकास बन्जाडे, रामराज पोखरेल

कर्णाली प्रदेश सदस्य– तुलाराम पाण्डे, नगेन्द्रप्रसाद उपाध्याय

सूदूरपश्चिम प्रदेश सदस्य– योगेन्द्रबहादुर बलायर, सुरेश पन्त

उपत्यका प्रदेश सदस्य– विनोदप्रसाद चौलागाई, पुस्करराज बुढाथोकी

प्रतिष्ठान प्रदेश सदस्य– नरेन्द्र मानन्धर, सविता शर्मा

संस्थागत सदस्य (एशोसिएट सदस्य)– पवित्रा मुडभरी, मुक्तिवावु रेग्मी

महिला सदस्य मधेसी– रुविकुमारी रौनियार

आदिवासी सदस्य – माला मालुङ्वा

खस आर्य – लिला शाह योगी

दलित सदस्य– सिकेन्द्र पासवन निर्बिरोध

दलित सदस्य महिला– निर्विरोध

आदिवासी जनजाति सदस्य– भरत जर्घामगर

आदिवासी जनजाति महिला– निर्विरोध

मधेसी सदस्य– राजकरण महतो

मधेसी महिला सदस्य– ललिता साह

अपाङ्गता भएका सदस्य– भूपराज बस्याल

अल्पसंख्यक सदस्य– लक्ष्मण थामी

लेखा समिति सदस्य– केशवप्रसाद वोहरा

लेखा समिति सदस्य (महिला) – रुक्मिणी पोखरेल

Skip This