काठमाडौं-क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य (किरण) अस्पताल भर्ना हुनुभएको छ।
श्वासप्रश्वासमा समस्या देखिएपछि ७८ वर्षीय किरण त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुभएको हो।
उहाँको अक्सिजनको मात्रा कम भएपछि अस्पताल भर्ना गरिएको हो । उहाँमा लामो समयदेखि फोक्सोसम्बन्धी समस्या छ।
गएको मंसिर तेस्रो साता सम्पन्न क्रान्तिकारी कम्युस्टि पार्टीको महाधिवेशनले वैद्यलाई सर्वसम्मत रूपमा महासचिव चयन गरेको थियो।
प्रतिक्रिया