अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्वोच्चमा सबै मुद्दाको सुनुवाइ स्थगित

सर्वोच्चमा सबै मुद्दाको सुनुवाइ स्थगित


काठमाडौँ-सर्वोच्च अदालतमा सबै मुद्दाको सुनुवाइ स्थगित भएको छ। पूर्वन्यायाधीश प्रकाश वस्तीको निधनको शोकमा आइतबार मुद्दाहरूको सुनुवाइ स्थगित भएको हो। 

वस्तीको अन्त्येष्टिपछि सर्वोच्च अदालतको पूर्ण बैठकले भर्खरै निधनप्रति शोक व्यक्त गरेर मुद्दाको सुनुवाइ नगरेको  सर्वोच्च अदालतले जनाएको छ। पेशी सूची प्रकाशित भएपछि आज सबै मुद्दाको सुनुवाइ स्थगित गरिएको हो।

पूर्वन्यायाधीश वस्तीको शुक्रबार हृदयाघातका कारण निधन भएको थियो। ७१ वर्षीय पूर्वन्यायाधीश वस्तीका श्रीमती, तीन छोरी र एक छोरा छन्। 

पूर्वन्यायाधीश वस्ती २०१० सालमा गोरखाको खोप्लाङमा जन्मिनु भएको थियो। उहाँले २०६५ माघ ९ देखि २०७० चैत ३० सम्म सर्वोच्च अदालतको न्यायाधीशका रूपमा काम गर्नुभएको थियो।

आइतबार बिहान पशुपति क्षेत्र परिसरको विद्युतीय शवदाह गृहमा वस्तीको अन्त्येष्टि गरिएको थियो ।