अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओली आज विभिन्न कार्यक्रममा सहभागी हुँदै

प्रधानमन्त्री ओली आज विभिन्न कार्यक्रममा सहभागी हुँदै


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न कार्यक्रममा सहभागी हुनुहुने भएको छ। प्रधानमन्त्री ओली आज विभिन्न कार्यक्रममा सहभागी हुने प्रधानमन्त्री सचिवालयले जनाएको छ।

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा-आराधना गरी मनाइँदैछ।

सोही कार्यक्रममा  प्रधानमन्त्री ओली सहभागी हुने प्रधानमन्त्री सचिवालयले जनाएको छ।

यसैगरी प्रधानमन्त्री ओली आज बिहान ११ बजे इम्पेरियल वल्र्ड स्कुल, हात्तिगौडा, बुढानीलकण्ठमा ‘युवासँग अन्तरक्रिया’ कार्यक्रममा सहभागी हुनुहुने प्रधानमन्त्री सचिवालयले जनाएको छ।

आज मन्त्रिपरिषद् बैठक बस्दै छ। अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने तय भएको छ। सोही मन्त्रीपरिषद्को बैठकमा प्रधानमन्त्री ओली हुने प्रधानमन्त्री सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओलीको २०८१ माघ २१ गतेका कार्यक्रमहरु:
१. वसन्त–श्रवण कार्यक्रम
स्थान:नासलचोक, बसन्तपुर
समय: ७ः३० बजे
२. युवासँग अन्तरक्रिया (Phoenix Inspiration)
स्थान : इम्पेरियल वल्र्ड स्कुल, हात्तिगौडा, बुढानीलकण्ठ
समय : ११ः०० बजे
३. मन्त्रिपरिषद्को बैठक
स्थान : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवार
समय : १६ः०० बजे