काठमाडौं- मन्त्रिपरिषद् बैठकको समय र स्थान परिवर्तन भएको छ। मन्त्रिपरिषद् बैठक आज ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो।
यसअघि बैठक ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी बोलाइएको थियो। तर, प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जारी गरेको पछिल्लो सूचना अनुसार मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ। बैठक साँझ ५ बजेका लागि बोलाइएको छ।
आजको बैठकमा मन्त्रालयका नियमित एजेण्डाका विषयमा छलफल हुने जनाएको छ।
प्रतिक्रिया