अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 सार्वजनिक यातायात चुस्त र वातावरणमैत्री हुनु आवश्यक: भौतिक दाहाल

 सार्वजनिक यातायात चुस्त र वातावरणमैत्री हुनु आवश्यक: भौतिक दाहाल


काठमाडौँ-भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सार्वजनिक यातायात चुस्त र वातावरणमैत्री बनाउन आवश्यक रहेको बताउनुभएको छ।

बुधबार एसियाली विकास बैंक (एडीबी) र मन्त्रालयको आयोजनामा काठमाडौँमा भएको उच्च गुणस्तरको सहरी सार्वजनिक यातायातबारे भएको कार्यक्रममा उनले यातायातबाट प्राप्त हुने उपलब्धिलाई आर्थिक विकाससँग जोड्न आवश्यक रहेको बताउनुभएको हो ।

नेपालको सार्वजनिक यातायात क्षेत्रमा निजी क्षेत्रको उल्लेखनीय योगदान र भूमिका रहेको भन्दै उनले सार्वजनिक-निजी साझेदारी (पीपीपी) अवधारणा मार्फत अझ स्तरीय र पहुँचयोग्य बनाउन सकिने बताउनुभयो।

यातायात क्षेत्रका साथै पूर्वाधार विकासमा समेत निजी क्षेत्रको सहभागिता स्वागतयोग्य रहने उहाँको भनाइ छ ।

यातायात क्षेत्रका सम्बन्धमा संघीय सरकारले नीतिगत व्यवस्था र समन्वयको कार्य गर्ने एवं व्यवस्थापनका लागि प्रदेश तथा स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण रहने मन्त्री दाहालले बताउनुभयो।

यातायात क्षेत्रमा स्वच्छ ऊर्जा तथा इन्धन उपयोगलाई सरकारले प्रोत्साहन गरिरहेको भन्दै उहाँले यसका लागि चाहिने चार्जिङ स्टेसन, पार्किङ, मर्मत लगायत पनि थप व्यवस्थित बनाउन आवश्यक रहेको बताउनुभयो।