अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर घाइते

पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर घाइते


पोखरा-पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका छन्।

पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक उद्घाटन गर्ने क्रममा  स्विच थिचेर पानसमा बत्ति बालेपछि बेलुन उडाउन खाेज्दा आगोमा परेर बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आर्चाय घाइते भएका हुन् । ब्यानर दुबै  साइट बेलुन झुण्डाइएकाे थियाे । साेही क्रममा बेलुनमा आगो लाग्दा झिल्का उनीहरुलाई परेको थियो ।

दुवै जनालाई उपचारको लागि अस्पताल लगिएको छ ।

अर्थमन्त्री पौडेलको गण्डकी अस्पतालमा प्रारम्भिक उपचार भइरहेको छ। अर्थमन्त्री पौडेलको स्वास्थ्यमा केही असर परेको र आजै काठमाडौं आउने उहाँको सचिवालयले जनाएको छ ।