कर्णाली-नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सांसद योगेश भट्टराईले सरकारले संघीय संसदमा प्रस्तुत गरेको अध्यादेश पारित हुने बताउनुभएको छ।
प्रेस चौतारी नेपाल सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित साक्षात्कारमा उहाँले अध्यादेश पारित गर्न संघीय संसदमा सत्ता गठबन्धनसँग बहुमत भएको दाबी गर्नुभयो। सचिव भट्टराईले भूमि, सामाजिक सञ्जालसम्बन्धी लगायतका सबै अध्यादेश पारित हुन्छ भन्नुभयो। उहाँले भन्नुभयो, ‘राष्ट्रियसभा प्रतिनिधिसभा भन्दा परिपक्वहरुको थलो हो। त्यहाँबाट अध्यादेश पारित गर्छौं र पारित हुने उपाय हामीसँग छ यद्यपि त्यसबारे अहिले नै म भन्न चाहान्न।’
यसैगरी सामाजिक सञ्चालसम्बन्धीको विधेयक पूर्ववर्ति सरकारले ल्याएको जनाउँदै उहाँले यो विधेयक नियन्त्रणमुखी नभइ नियमनका लागि ल्याउन थालिएको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, ‘विगतका सरकारले ल्याएको बजेट र योजनामा वर्तमान सरकारले काम छ ।’ कर्णालीको पूर्वाधार विकासका लागि कर्णाली तथा भेरी करिडोर, मदन भण्डारी र मध्यपहाडी राजमार्गमा जोड दिइएको उहाँले बताउनुभयो । उहाँले पछिल्लो समयमा अर्थतन्त्रमा सुधार भएको जनाउनुभयो ।







प्रतिक्रिया