काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्यले लेख्नुभएको दोस्रो पुस्तक ‘करुणा’ सार्वजनिक गर्ने भएको छ। फागुन १० गते शनिवार दिउँसो १२:३०बजे राष्ट्रिय सभागृहमा पुस्तक लोकार्पण गर्न लागेको हो।
प्रधानमन्त्री ओलीले राधिकाको दोस्रो पुस्तक ‘करुणा’ आफ्नो हात परेको र साह्रै राम्रो लेखेको भन्दै बधाई र शुभकामना दिनुभएको छ।
‘अस्ति राधिकाको दोस्रो किताब ‘करुणा’ हात पर्यो। एकदमै राम्रो लेखेकी रहिछिन्, निकै रोचक लाग्यो। भोलि १२:३० बजे राष्ट्रिय सभागृहमा पुस्तक सार्वजनिक गर्ने कार्यक्रम छ। राधिकालाई बधाई, धेरै धेरै शुभकामना,’ प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जाल फेसबुमा लेख्नुभएको छ।
राधिका शाक्यले यसअघि ‘मेरो अनुभूति’ भन्ने पुस्तक लेख्नुभएको थियो। जसमा ओलीसँग साथमा रहँदा एमाले नेताहरुको चरित्र र विचार समेटिएको थियो।
‘करुणा’ मा भने सामाजिक कार्यमा सहभागिता हुँदाका विषय समेटिएको बुझिएको छ।







प्रतिक्रिया