काठमाडौं-उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले गठबन्धन सरकारले राम्रा कामहरुलाई पूर्णता दिनको लागि प्रतिवद्ध रहेको बताउनु भएको छ।
आइतबार भौतिक समितिको बैठकमा बोल्दै मन्त्री सिंहले अगाडिको सरकारले गर्न नसकेका राम्रा कामहरुलाई सरकारले पूर्णता दिने बताउनु भएको हो।
मन्त्री सिंह भन्नुभयो, ‘अहिलेको गठबन्धन सरकारले यो भन्दा अगाडिको सरकारले गर्न नसकेका राम्रा कामहरुलाई पूर्णता दिनकै लागि यो सरकार प्रतिवद्ध छ। सहरी विकास मन्त्रालय सबैभन्दा कान्छो मन्त्रालय हो। मन्त्रालय स्थापना कालदेखि लिएर अहिलेसम्म काम गर्दैगर्दा बल्ल ०८१ मा आएर सहरी विकास नीति पास भएको छ ।’
मन्त्री सिंहले नयाँ सहरको लागि नयाँ कन्सेप्ट आवश्यक हुने बताउनु भयो। उहाँले काठमाडौं उपत्यकाको सहरलाई अगाडि बढाउनका लागि हामीले हाम्रो मोडल जुन छ यसमा ध्यान दिनुपर्ने बताउनु भयो।
मन्त्री सिंह भन्नुभयो, ‘अब अहिले जुन हाम्रो नयाँ सहरको कन्सेप्ट छ जुन काठमाडौं उपत्यकाको सहरलाई अगाडि बढाउनका लागि समय त लाग्छ । तर काम गर्नको हामी तयार भएर मोडललाई ध्यान दिएर काम गर्नुपर्छ ।’







प्रतिक्रिया