अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नियमित काममा फर्किनुभयो अर्थमन्त्री पौडेल

नियमित काममा फर्किनुभयो अर्थमन्त्री पौडेल


काठमाडौँ-उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आजदेखि अर्थ मन्त्रालयको नियमित काममा फर्किनुभएको छ । 

फागुन ३ गते पोखरा महानगरपालिकाले आयोजना गरेको पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणाका क्रममा बेलुन विस्फोटमा परी अर्थमन्त्री पौडेल घाइते हुनु भएको थियाे ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा दुई दिन सघन उपचारपछि मन्त्री पौडेल डिस्चार्ज भएका थिए । त्यसपछि अत्यावश्यक काम भने निवासबाट गर्दै आउनु भएको थियो।