अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्मचारीलाई प्रधानन्त्री ओलीको आग्रह: सुशासन र समृद्धिको यात्रामा साथ दिएर सार्थक बनाइदिनुस्…’

कर्मचारीलाई प्रधानन्त्री ओलीको आग्रह: सुशासन र समृद्धिको यात्रामा साथ दिएर सार्थक बनाइदिनुस्…’


काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई छिटो छरितो सेवा दिएर सुशासन र समृद्धिको यात्रामा साथ दिन राष्ट्रसेवक कर्मचारीहरुलाई आग्रह गर्नुभएको छ।

प्रधानमन्त्री ओलीको ७४औँ जन्मदिनका अवसरमा उहाँलाई शुभकामना आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई गरिएको ‘वर्थ डे विस’ ले देशको गरिबी हटाउने तथा सुशासन र समृद्धि कायम गर्ने कामको नेतृत्व गर्नमा सफलता मिलेमा त्यसको सार्थकता हुने बताउनु भएको हो।

‘सेवा प्रवाहका कुराहरुमा सेवाग्राहीलाई सकारात्मकभावका साथ काम गरेर विकास निर्माण र सुशासन कायम गर्ने काममा मलाई मद्धत गरेर शुुभकामनालाई सार्थक बनाउन व्यवहारिकरुपमा पनि त्यसअनुसारको काम गर्न म आग्रह गर्छु।’

प्रधानमन्त्री ओलीले भन्नुुभयो, ‘हामी भ्रष्टाचार गर्दैनौँ र गर्न दिन्नौँ तर मुलुक सम्पत्ति शुद्धीकरणका सन्दर्भमा देश ग्रे लिष्टमा परेको छ। यसलाई हटाउनुुछ। मलाई व्यक्तिगतरुपमा लाभ लिनुपर्ने कुरा केही छैन। हामी कमिसनका लागि ठेक्कापट्टाका काम गर्दैनौँ। विकास निर्माणका लागि ठेक्का लगाउँछौँ । यसमा सबैका साथ होस् भन्ने मेरो चाहना हो।’

सो अवसरमा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, नेपालका सरकारका मुख्यसचिव एकनारायण अर्याल, सचिवहरु र राष्ट्रसेवक कर्मचारीको सहभागिता रहेको थियो।

यसैबीच, प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओली आज एमाले केन्द्रीय कार्यालयले च्यासलमा आयोजना गरेको जन्मदिनको कार्यक्रममा सहभागी हुनुुभएको छ