अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशका तीन प्रदेशका केही भूभागमा मेघगर्जन सहित वर्षाको सम्भावना

देशका तीन प्रदेशका केही भूभागमा मेघगर्जन सहित वर्षाको सम्भावना


काठमाडौं – देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । पश्चिमभन्दा पूर्वी नेपालमा वर्षाको सम्भावना रहेको छ ।

कोसी, वाग्मती र कर्णालीका पहाडी भूभामा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसमविद्हरुले जानकारी दिएका छन् । पश्चिम नेपालका सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागका एकदुई ठाउँमा पनि वर्षाको सम्भावना रहेको जनाइएको छ ।

काठमाडौंमा पनि वर्षा गराउने बादल लाग्ने तर वर्षाको सम्भावना भने न्यून रहेको छ ।

काठमाडौंमा बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस रहेको छ ।

बिहान कोसी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । तराईका केही स्थानहरुमा हुस्सु लागेको छ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ ।