अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सामाजिक सञ्जालमा यस्तै घृणा र आक्रोश रहे जस्तो व्यवस्था आए पनि देश बन्दैन: शंकर पोखरेल

सामाजिक सञ्जालमा यस्तै घृणा र आक्रोश रहे जस्तो व्यवस्था आए पनि देश बन्दैन: शंकर पोखरेल


काठमाडौं-नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा बढ्दो घृणा, आक्रोश, गालिगलौजको अपसंस्कृति भित्रिएकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ।

सोमबार बिहान समाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले यस्तो बताउनु भएको हो।  यस्तै अवस्था कायम रहे जो नेता आए पनि र जस्तो व्यवस्था ल्याए पनि देश र समाजको अधोपतन रोक्न नसकिने उहाँको भनाइ छ ।

‘आजभोलि नेपाली समाजमा विशेषगरी सामाजिक सञ्जालमा जुन प्रकारको घृणा, आक्रोस र गालिगलौचको अपसंस्कृति भित्रिएको छ, यो कायम रहने हो भने जो नेता भएपनि जस्तो शासन व्यवस्था आएपनि देश र समाजको अधपनलाई कसैले रोक्न सक्दैन’, समाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले लेख्नुभएको छ।

महासचिव पोखरेलले देशको विकास र समृद्धिका लागि नेतृत्वप्रति विश्वास र भविष्यप्रति आशावादी दृष्टिकोण आवश्यक रहेको बताउनु भयो। काम गर्न सक्नेलाई समर्थन र प्रोत्साहनको वातावरण चाहिने उहाँले बताउनुभयो।

‘सबै उस्तै हुन् भन्ने भावनाले समाजलाई फगत निरासातर्फ मात्र धकेल्दछ। समाजको नेतृत्व गर्न चाहने व्यक्ति, समूह र राजनीतिक दलहरु यस्ताकुरामा गम्भीर हुनु पर्दछ ।’ महासचिव पोखरेलले भन्नुभएको छ।