काठमाडौं-राष्ट्रिय युवा संघ नेपाल शिक्षा विभागले जीवनका लागि खेलकुद शीर्षकमा आयोजना गरिएको राष्ट्रव्यापी खुल्ला निबन्ध लेखन प्रतियोगिताका विजेताहरूलाई पुरस्कृत गरिएको छ।
प्रतियोगितामा दीपिन सिजापति प्रथम हुनुभएको छ। त्यस्तै मोहन पोखरेल द्वितीय हुनुभएको छ । प्रतियोगितामा समीक्षा दाहाल तृतीय हुनुभएको छ भने रचना अधिकारी र सन्दीप कुशवाह सान्त्वना हुनुभएको छ।
प्रतियोगिताका विजेताहरूलाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली संगठनका अध्यक्ष क्षितिज थेवे, संगठनका सचिव एवं शिक्षा विभाग प्रमुख कुवेर अधिकारी नगद पुरस्कार र प्रमाण पत्र वितरण गर्नुभएको छ ।










प्रतिक्रिया