अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यी हुन् मन्त्रिपरिषद बैठकका १९ निर्णय (सूचीसहित)

यी हुन् मन्त्रिपरिषद बैठकका १९ निर्णय (सूचीसहित)


काठमाडौं, फागुन २३ गते । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै फागुन २१ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।

बैठकले चालु आर्थिक वर्ष २०८१/०८२ का लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रति क्विन्टल २८ सय।६९ न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय गरेको छ ।

साथै १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रति क्विन्टल १२ सय ग्रामका दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम गर्ने निर्णय बैठकले गरेको सञ्चारमन्त्री गुरुङले बताउनुभयो ।

यसैगरी, सुशासन प्रवर्द्धन तथा सार्वजननिक सेवा प्रवाह सम्बन्धी केही नेपाल  ऐनलाई संशोधन गर्न बसेको अध्यादेश, २०८१ को प्रतिस्थापन विधेयक सङ्घीय संसदबाट अध्यादेश स्वीकृत भएपश्चत पेश गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ ।