अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वराजा आज काठमाडौँ फर्किँदै, सुरक्षा व्यवस्था कडा

पूर्वराजा आज काठमाडौँ फर्किँदै, सुरक्षा व्यवस्था कडा


काठमाडौं-पूर्वराजा आज पोखराबाट काठमाडौं आउने अवसर पारेर राजावादीहरूले काठमाडौंमा शक्ति प्रदर्शनको तयारी गरेका छन् । पछिल्लो केही समयदेखि पोखरामा बसेर गण्डकी प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरिरहेका पूर्वराजा ज्ञानेन्द्र शाह आज दिउँसो काठमाडौं आउन लाग्नुभएको छ।

राजावादीहरुले प्रदर्शनको तयारी गरेपछि काठमाडौँका विभिन्न चोकमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। 

कुनै किसिमको हुलहुज्जतपूर्ण, गैरकानूनी तथा सामाजिक मर्यादाविपरीतका कार्य हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी स्रोतले जानकारी दिएको छ । 

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि महाराजगञ्जस्थित निर्मल निवाससम्मको क्षेत्रलाई उच्च सुरक्षा संवेदनशील मान्दै सुरक्षा व्यवस्था कडा पारेको हो । 

आज दिउँसो राजावादी समूहले काठमाडौँका विभिन्न स्थानबाट जुलुससहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटदेखि गौशाला चोकसम्म भेला भएर पूर्व राजाको स्वागत गर्ने तयारी गरेका छन्।