विरानगर-प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेशमा समृद्धि हासिल गर्न सहज भएको बताउनुभएको छ।
कोशी प्रदेशसभाको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अन्य प्रदेशको तुलनामा कोशी प्रदेशमा गरिबीको दर कम भएको साक्षरता दर उच्च रहेको पूर्वाधार तयार भएका कारण यहाँका जनतालाई समृद्धि हासिल गर्न सहज भएको बताउनुभएको छ।
प्रधानमन्त्री ओलीले नेपालीहरुमा जागिर खाने मनोवृति बढी भएकोले त्यसले समृद्धिमा ठूलो योगदान गर्न नसक्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले उद्यमशिलताको संस्कार बसाउनु पर्ने बताउनुभयो। उद्यमशिलता नभइ रोजगारी पनि नहुने भएकोले स्थानीय कच्चा पदार्थमा आधारित उद्योगको स्थापनामा जोड दिनुपर्ने बताउनुभयो।
प्रधानमन्त्री ओली अहिले कोशी प्रदेश सभामा सम्बोधन गर्दै हुनुहुन्छ।
प्रतिक्रिया