अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्ववियु निर्वाचन: जनप्रशासन क्याम्पसमा अनेरास्ववियु एक्लै चुनाव लड्ने

स्ववियु निर्वाचन: जनप्रशासन क्याम्पसमा अनेरास्ववियु एक्लै चुनाव लड्ने


काठमाडौं-स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता गरेको छ।

त्रिविका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा आगामी चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ। जसमा त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुन लागेको हो।

यसै सन्दर्भमा जनप्रशासन क्याम्पसमा स्ववियु निर्वाचनका निम्ति मनोनयन दर्ता गरेको छ। नेकपा एमाले निकट अनेरास्ववियु आगामी चुनाव एक्लै लड्ने घोषणा गरेका छन् । तर अन्य सबै संघ-संगठन मिलेर चुनाव लड्ने भएका छन् ।


अनेरास्ववियुको टीममा अग्र शाही सभापति अध्यक्ष, शंखर दुबे सचिव र कोषाध्यक्षमा गिताञ्जली गुरुङ हुनुहुन्छ। मनिष यादव लगायत अन्य आठ जना सदस्य छन।

अर्को टिममा क्रान्तिकारी, नेविसङ्घ, नयाँशक्ति लगायत दर्ता भएका सबै मिलेर भागभण्डा गरी मनोनयन दर्ता गरेका छन्।
नेपाली राजनीतिक खिचातानी हेर्दा गठबन्धनलाई भन्दा एकल टीमलाई जिताउँदा स्ववियुलाई काम गर्न सहज हुने भएको हुँदा विद्यार्थीहरुले गठबन्धनलाई भन्दा एकल प्यानललाई जिताउन पर्छ भन्ने धारणा राखेका छन्।