अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रामेछापको मन्थली बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी

रामेछापको मन्थली बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी


रामेछाप-रामेछापको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुका उम्मेदवारको प्यानल नै विजयी भएको छ। एक जना सदस्य बाहेक सबै पदमा अनेरास्ववियुका उम्मेदवारहरू निर्वाचित भएका छन् ।

मंगलबार भएको स्ववियु निर्वाचनमा अनेरास्वियुका सुशील थापा २ सय ७ मत ल्याएर निर्वाचित हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्दि नेविसंघका विपुल रोक्काले १ सय ५२ मत प्राप्त गरेका छन्। अर्का प्रतिस्पर्धी अखिल (क्रान्तिकारी) अनोज भुजेल ६५ मत पाएका छन्।

सचिवमा अनेरास्वियुका मुकेश भण्डारी डेनिस १ सय ८५ मत ल्याएर विजयी हुनुभएको छ। नेविसंघका उम्मेदवार युवराज बुढाथोकीले १ सय ६५ ल्याएका छन् । अखिल (क्रान्तिकारी) की विनीता माझीले ७० पाउनुभयो।