अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुई-तीन जनाले माग गर्दैमा प्रधानमन्त्री ओलीले संसदमा जवाफ दिनु हुन्न: महेश बर्तौला

दुई-तीन जनाले माग गर्दैमा प्रधानमन्त्री ओलीले संसदमा जवाफ दिनु हुन्न: महेश बर्तौला


काठमाडौं-नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले दुई/तीन जना सांसदले माग गर्दैमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ नदिने बताउनु भएको छ।

माओवादी केन्द्रसहित विपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएकोबारे प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने माग राखेपछि मुख्य सचेतक बर्तौलाले सो कुरा बताउनु भएको हो।

प्रमुख सचेतक बर्तौलाले एउटा कर्मचारीका विषयमा प्रधानमन्त्रीको जवाफ माग्नु असंसदीय र गैर राजनीतिक कुरा भएको टिप्पणी गर्नुभयो। विपक्षी दलले नियोजित रूपमा संसद्लाई अवरोध सिर्जना गरेको उहाँको आरोप छ।

प्रमुख सचेतक बर्तौलाले सरकारले आवश्यक ठान्दा नियुक्ति वा कारवाही गर्नु सामान्य विषय भएकाले प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग उचित नभएको प्रष्ट्याउनु भयो।

गरेको र त्यसलाई जोडेर प्रधानमन्त्रीको जवाफ माग्नु असंसदीय र गैर राजनीतिक कुरा भएको बताए ।

बिहीबार ११ बजे बाेलाइएको प्रतिनिधि सभाको बैठक विपक्षी दलहरूको अवरोधपछि २ बजेसम्मका लागि स्थगित गरिएको संघीय संसद सचिवालयले जनाएको छ।