अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची


काठमाडौँ-सङ्घीय संसद् अन्तर्गत आज दुवै सदनको बैठक बस्दै छ। प्रतिनिधि सभा बैठक बिहान ११ बजे सुरु हुनेछ भने राष्ट्रियसभा बैठक दिउसो १ः१५ बजे सुरु हुनेछ। 

प्रतिनिधिसभा बैठकमा बैंकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने सम्भावित कार्यसूची रहेको छ।

त्यस्तै पूर्वाधार विकास समितिका माननीय सभापति दीपकबहादुर सिंहले जलस्रोत विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्ने र  ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।