काठमाडौँ-काठमाडौँको तीनकुने क्षेत्रमा राजावादी समर्थकको प्रदर्शनमा नेपाल प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको छ। केहीबेरअघि प्रहरीसँग राजावादी समूहबीच तनाव भएको हो।
प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वरतर्फ अघि बढ्न थालेपछि प्रहरीले रोकेको थियो। सोही क्रममा धकेलाधकेल भएको हो।
राजावादी पक्षको प्रदर्शनको नेतृत्व मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गरिरहेका छन्। सो प्रदर्शनलाई राप्रपालगायत राजावादी दलहरूको समर्थन छ। प्रसाईं पक्षले पनि काठमाडौंको सिनामंगल क्षेत्र र भक्तपुर क्षेत्रबाट र्याली निकालेको छ।
प्रतिक्रिया