अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंको तीनकुनेमा हवाई फायर

काठमाडौंको तीनकुनेमा हवाई फायर


काठमाडौं-काठमाडौंको तीनकुनेमा तनावग्रस्त भएपछि प्रहरीले हवाई फायर गरेको छ।राजावादी प्रदर्शनकारीहरुले व्यक्तिको घरमा आगजनी र ढुंगामुढा गर्न थालेपछि प्रहरीले हवाई फायर गरेको हो। 

राजावादी समर्थकले तीनकुनेको घरमा लगाएको निभाउन गएको दमकललाई पनि प्रदर्शनकारीले ढुंगा हानेपछि प्रहरीले सुरुमा अश्रुग्याँस प्रहार गरेको थियो। पछि हवाई फायर गरेको हो।  त्यसपछि आगो निभाउन नसकी दमकल फर्किएको छ।

प्रशासनले राजावादी समर्थकका लागि तीनकुने क्षेत्रमा प्रदर्शन गर्ने क्षेत्र छुट्याएको थियो। तर, प्रदर्शनकारीले सडकमै प्रहरीमाथि ढुङ्गामुढा गरेका थिए। 

राजावादीहरुले तीनकुनेमा गर्न लागेको सभा सुरु हुन नपाई बिथोलिएको छ।