काठमाडौं-नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले पूर्वराजा ज्ञानेन्द्र शाहका विषयमा अब दलहरूबीच ‘नवीन समझदारी’ गर्न आवश्यक भएको बताउनु भएको छ।
ज्ञानेन्द्रले जनआन्दोलनका क्रममा भएको समझदारी उल्लंघन गरेकाले अब उनीविरुद्ध राजनीतिक पार्टीहरूले ‘नवीन समझदारी’ गर्नुपर्ने अवस्था आएको नेता रिजालले सामाजिक सञ्जाल फेसबुक मार्फत भन्नुभएको हो।
‘जनआन्दोलनका क्रममा तत्कालीन राजा र दलहरुबीच प्रत्यक्ष/अप्रत्यक्ष भएको समझदारी पूर्वराजा ज्ञानेन्द्रले उल्लंघन गरेका छन्। त्यो समझदारी हो- ज्ञानेन्द्रले देशभित्रै बस्न र व्यापार/व्यवसाय गर्न पाउने अनि उनीमाथि कुनै कारबाही नहुने। त्यसबापत उनले गणतन्त्र कार्यान्वयनमा सघाउने र नेपाली नागरिकका रुपमा जीवनयापन गर्ने’, नेता रिजालले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘अहिले उनी त्यो दायरा नाघेर राज्यविरुद्धको अपराधमा उत्रिएका छन्। त्यसैले अब दलहरूका बीचमा फेरि एकपटक उनका बारेमा ‘नवीन समझदारी’ आवश्यक छ। सर्पलाई दूध खुवाएर पाल्दाको परिणाम देखा परिरहेको छ।’
प्रतिक्रिया