अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाथीभरा केबलकार निर्माणको काम यथास्थितिमा राख्न सर्वोच्चको आदेश

पाथीभरा केबलकार निर्माणको काम यथास्थितिमा राख्न सर्वोच्चको आदेश


काठमाडौँ-सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरा दर्शन केबलकार निर्माणमा हालसम्म भएका कामकारबाही यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।

२०८१ चैत १३ गते न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले निर्माणको काम यथास्थितिमा राख्न आदेश दिएको हो। यामबहादुर लिम्बूसमेतले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइको आदेश आज सार्वजनिक भएको हो।

सर्वोच्चले अन्तरिम आदेश दिन पर्ने वा नपर्नेबारे यही चैत २६ मा दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेश पनि दिएको छ। आदेशअनुसार विपक्षीहरूमध्ये केहीलाई महान्यायाधिवक्ता, मुख्य न्यायधिवक्ताको कार्यालय र आफैँ वा प्रतिनिधिमार्फत १५ दिनभित्र लिखित जवाफ पेस गर्न पनि आदेश गरिएको छ।

रिटमाथि वरिष्ठ अधिवक्ताहरू केदारप्रसाद दाहाल, नारायणप्रसाद देवकोटा, पद्मबहादुर श्रेष्ठ र अधिवक्ताहरु दिलराज खनाल, सोम सापकोटा, प्रेमचन्द्र राई र जितेन्द्रबहादुर मडैले बहस गरेका थिए।