अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रवि लामिछानेको निलम्बन फुकुवाको माग गर्दै रास्वपा नेता सभामुखको कार्यालयमा

रवि लामिछानेको निलम्बन फुकुवाको माग गर्दै रास्वपा नेता सभामुखको कार्यालयमा


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेर सांसद पद निलम्बन फुकुवाका लागि आग्रह गर्नुभएको छ।

आज (मंगलबार) बिहान सभामुख घिमिरेलाई भेटेर सभापति लामिछानेले सो आग्रह गर्नुभएको हो।

यसअघि रास्वपाले माघ १८ गते पनि सभामुखलाई भेटेर सभापति लामिछानेको निलम्बन फुकुवाको माग गर्दै सभामुख घिमिरेलाई ज्ञापनपत्र बुझाएको थियो।  मंगलबार पुनः सभामुखलाई भेटेर लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवा गरिदिन आग्रह गरेका हुन्। लामिछाने सांसद पदबाट गत पुस ८ गते निलम्बनमा परेका थिए।

आज रास्वपा सांसदहरुको टोली नै लिएर लामिछाने सभामुख घिमिरेलाई भेट्न पुग्नुभएको थियो। सभामुख घिमिरेले भने कानुनी आधारमा लामिछाने निलम्बन भएको जवाफ दिनुभएको थियो। ‘मैले सूचना मात्रै जारी गर्ने हो । अहिलेको कानुनी व्यवस्थामा जे छ त्यही भएको हो । रास्वपा र लामिछानेप्रति मेरो कुनै पूर्वाग्रह छैन भन्नु भयो,’ भेटमा भएको छलफलबारे सभामुखका सञ्चारविज्ञ शेखर अधिकारले भन्नुभयो ।

२०८१ कात्तिक २ गते सभापति लामिछाने पक्राउ परेका थिए । पछि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगमा मुद्दा दर्ता भएपछि २०८१ पुस ८ गते उनको सांसद पद निलम्बन भएको थियो संसद सचिवालयले भने लामिछानेको सांसद पद निलम्बनको आधार कास्की जिल्ला प्रहरी कार्यालयको पत्रलाई देखाउँदै आएको छ ।