अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तीन महीना १४ दिनपछि काठमाडौंका प्रमुख प्रशासकीय अधिृकत गुरागाईंद्वारा हाजिर

तीन महीना १४ दिनपछि काठमाडौंका प्रमुख प्रशासकीय अधिृकत गुरागाईंद्वारा हाजिर


 काठमाडौं-तीन महीना १४ दिनपछि काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईंले हाजिर गर्नुभएको छ। कर्मचारी र जनप्रतिनिधिहरुको सहयोगमा उहाँ चैत २१ गते आज कार्यालय फर्किएर जिम्मेवारी सम्हानु भएको हो। गुरागाईं कार्यालय पुग्दा केहीबेर तनाव भएको थियो।

मेयर बालेन शाहको निर्देशनमा महानगरको टोलीले उनलाई कार्यालय प्रवेश गर्न रोक लगाउने प्रयास गरेका थिए ।

बिहीबार हाजिर गर्न पुगेका उहाँलाई रोक्न महानगर प्रहरी समेत खटाइएको थियो। तर, कर्मचारीहरूले अवराेध हटाउदै उहाँलाई र्काकक्षसम्म पुर्‍याएको थियो ।

गुरागाईंलाई गत पुस ७ गतेदेखि गुरागाईंलाई बिदामा राखिएको थियो । त्यसपछि नियुक्त भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद शर्माले पनि राजीनामा दिएपछि अहिले महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन थियो।