अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले रतुवामाईको अध्यक्षमा देवी दाहाल

एमाले रतुवामाईको अध्यक्षमा देवी दाहाल


विराटनगर-मोरङको रतुवामाई नगरपालिकामा नेकपा (एमाले)ले नयाँ नेतृत्व पाएको छ। पार्टीको रतुवामाई नगर कमिटी अध्यक्षमा देवीप्रसाद दाहाल निर्वाचित हुनुभएको छ।

शनिवार सम्पन्न मतगणनाको अन्तिम नतिजा अनुसार दाहाल १५४ मतसहित निर्वाचित हुनुभएको हो। अध्यक्षका अर्का उम्मेदवार प्रकाशचन्द्र ढकालले दाहालको भन्दा आधा पनि मत पाउन सकेनन्। उहाँ ६६ मतमा सीमित भए।

उपाध्यक्षमा याम प्रसाईं १३४ मतसहित निर्वाचित हुँदा उहाँका प्रतिस्पर्धि हरि श्रेष्ठले ८० मत ल्याउनुभयो। यसैगरी सचिवमा नारायण ताजपुरीया निर्वाचित हुनुभएको छ। उहाँले १५९ मत प्राप्त गर्दा सचिवका अर्का उम्मेदवार हेमबहादुर कार्की ५३ मतमा खुम्चिए।