अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुर्गा प्रसाईका दाइ राकेश पक्राउ

दुर्गा प्रसाईका दाइ राकेश पक्राउ


काठमाडौं-राजसंस्था पुनर्स्थापना जनआन्दोलनका ‘जनकमाण्डर’ दुर्गा प्रसाईका दाजु राकेशलाई प्रहरीले सोधपुछका लागि पक्राउ गरेको छ।

पेरिसडाडास्थिपत राकेशको घरमा दुर्गा प्रसाई बसेर भागेको तथ्य भेटिएकाले सोधपुछका लागि उनलाई प्रहरी परिसर काठमाडौंमा ल्याइएको स्रोतले जनाएको छ।

आइतवार राति पक्राउ परेका राकेशको तीनकुने घटनामा प्रत्यक्ष संलग्नता पुष्टि भइनसकेकाले उनीमाथि मुद्दा चल्ने सम्भावना छैन । सम्भवतः उनी खोजेको बेला उपस्थित हुने शर्तमा छुटने एक प्रहरी अधिकारीले बताएका छन्। राकेश पनि दुर्गा प्रसाईकै अभियानका अभियन्ता हुन् ।

‘राकेश पनि दुर्गा प्रसाई जस्तै अन्टसन्ट बोलेर सामाजिक सञ्जालतिर भाइरल व्यक्ति हुन् । उनको घर पनि दुर्गाको सेल्टर भएकाले केही सोधपुछ गर्न ल्याइएको हो ।

दुर्गा प्रसाईका जेठ दाइ लक्ष्मी, माइला राकेश हुन् भने दुर्गा साइला हुन् । अर्की आमातिरका भाइ नरेन्द्र प्रसाई अष्ट्रेलिया बस्छन्।