काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज (बुधबार) बस्दैछ। रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा सभापति रवि लामिछाने जेल चलानभएपछि रास्वपाले सचिवालय बैठक अपरान्ह ४ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्न लागेको हो।
उच्च अदालत तुलसीपुर, बुटवल इजलासले थुनामै राख्न आदेश दिएपछि पूर्वगृहमन्त्री लामिछाने चैत २२ गते काठमाडौँस्थित निवासबाटै पक्राउ परेका थिए भने चैत २५ गते जिल्ला अदालत रुपन्देहीमा पेस गरी थुनुवा पुर्जी लिएर उनलाई कारागार चलान गरिएको हो।
बैठकमा विभिन्न महत्वपूर्ण विषयहरूमा छलफल हुने एजेन्डा तय गरिएको छ।
जसअनुसार अघिल्लो बैठकको समीक्षा, पार्टीका हालसम्मका गतिविधि तथा समसामयिक राजनीतिक घटनाक्रममाथि चर्चा हुनेछ। त्यस्तै, पार्टीको अधिवेशनसम्बन्धी तयारी, जनयात्रा कार्यक्रम र प्रदेश हेर्ने पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको जिम्मेवारीबारे पनि विस्तृत छलफल हुने जनाइएको छ।
प्रतिक्रिया