काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली आज बुटवल जाँदै हुनुहुन्छ। नेकपा एमाले रुपन्देहीले चैत २९ गते शुक्रवार बुटवलमा आयोजना गर्न लागेको जागरण सभामा सम्बोधन गर्नका लागि प्रधानमन्त्री ओली बुटवल जान लाग्नु भएको हो।
बुटवल मण्डपमा आयोजना गरिने उक्त जागरण सभामा ५० हजार भन्दा बढी सहभागिता गराउने गरी तयारी भएको एमाले रुपन्देहीले जनाएको छ। आमसभा हुनु अघि बुटवलबाट भैरहवासम्म मोटरसाइकल र्याली निकाल्ने र उक्त मोटरसाइकल र्यालीमा ५ हजार मोटरसाइकल र साना ५ सय गाडी प्रयोग गरिने जनाएको छ।
लोकतन्त्र, गणतन्त्र विरुद्ध भैरहेका गतिविधीलाई रोक्न र एमाले समर्थकलाई सचेत बनाउने गरी आमसभाको आयोजना गरिएको एमाले लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले बताउनुभयो।

प्रतिक्रिया