अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज धनगढीमा पनि एमालेको जागरणसभा

आज धनगढीमा पनि एमालेको जागरणसभा

महासचिव शंकर पोखरेलले सम्बोधन गर्नुहुने


धनगढी- नेकपा एमालेले आज सुदुरपश्चिमको धनगढीमा पनि जागरण सभा गर्दैछ ।धनगढीको सभालाई महासचिव शंकर पोखरेलले सम्बोधन गर्नुहुनेछ । सभालाई सम्बोधन गर्न पोखरेल केहीबेर अघि धनगढी पुग्नु भएको पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सदस्य हेमन्त पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार धनगढी उपमहानगरपालिकाको वडा नं. ५ स्थित पार्कमोडमा आमसभा आयोजना गरिएको छ । सो सभालाई पार्टी उपाध्यक्ष युवराज ज्ञवाली,सचिव लेखराज भट्ट लगायतका नेताहरुले सम्बोधन गर्नुहुनेछ ।
एमालेले आजै लुम्बिनी प्रदेश स्तरीय जागरणसभा बुटवलमा राखेको छ । बुटवलको सभालाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सम्बोधन गर्ने कार्यक्रम छ । यसैगरी एमालेले भोली कोशी प्रदेश स्तरीय जागरणसभा झापाको दमकमा आयोजना गरेको छ । उक्त सभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुनेछ ।
गणतन्त्र माथी चारैतिरबाट आक्रमण बढेको,प्रतिगामी शक्तिहरुले टाउको उठाउन लागेको,गणतन्त्रकालका उपलब्धीका विरुद्ध अफवाह फैलाइएकोले यस प्रकारका भ्रम चिर्न एमालेले जागरणसभा गर्न लागेको हो ।