दमक- कोशी प्रदेशका मुख्यमन्त्री एवं नेकपा एमालेका स्थायी समितीका सदस्य हिक्मत कार्कीले जनविरोधी शक्तिहरुलाई नसल्बलाउन चेतावनी दिनुभएको छ । दमकमा आयोजित विशाल जागरणसभालाई सम्बोधन गर्दै कार्कीले लोकतान्त्रिक गणतन्त्र जनताले ल्याएकोले यसका विरुद्ध उभिने जो कोहीलाई जनताले बहिष्कार गर्ने बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले लोकतन्त्रमा विरोध गर्न पाउने हक भएपनि त्यही नाममा विध्वंस मच्चाउने,आगजनी र हत्या जस्ता हर्कत स्विकार्य नहुने बताउनुभयो । उहाँले जान्नेलाई छान्ने नामका केही शक्तिहरु कसरी सहकारी र भ्रष्टाचारको दलदलमा फसेका छन् भन्ने कुरा स्पष्ट भएको बताउनुभयो । एमालेले गणतन्त्रका विरुद्धका गतिविधी तिनका नियतका बारेमा आम जनतालाई बुझाउनका लागि यो जागरण सभा आयोजना गरिएको कार्कीले बताउनुभयो । ०८४ सालसम्म यो सरकार निरन्तर जाने बताउनुभयो ।
कार्कीले सरकारले १० महिनाको अवधिमा गतवर्ष भन्दा २० प्रतिशतमा भन्दा बढी राजश्व असुल गरेको बताउनुभयो ।
प्रतिक्रिया