अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वराजालाई लक्षित गर्दै शेरधनको गर्जन : तपाईंको पालामा देश अध्याँरो थियो,अहिले उज्यालो छ

पूर्वराजालाई लक्षित गर्दै शेरधनको गर्जन : तपाईंको पालामा देश अध्याँरो थियो,अहिले उज्यालो छ


दमक- नेकपा एमालेका स्थायी समिती सदस्य एवं कोशी प्रदेशका इन्चार्ज शेरधन राईले राजाका पालमा देश अध्याँरो रहेकोमा गणतन्त्रले देशलाई उज्यालो दिएको बताउनुभयो । राजाका पालामा नागरिकको हैसियत रैती भएकोमा अहिले जनता नै मालिक भएको बताउनुभएको छ ।
दमकमा आयोजित विशाल जागरणसभालाई सम्बोधन गर्दै राईले बहुदलीय व्यवस्था स्थापनापछि पनि माओवादीले जनयुद्धको नाममा १० वर्षपछि विकास निर्माणका काममा नकारात्मक प्रभाव परेको बताउनुभयो । गणतन्त्रका १८ वर्षमा खानेपानी,सडक,शौचालय,शिक्षा,सडक जस्ता सामाजिक र भौतिक पूर्वाधारका काम भएको राईले बताउनुभयो ।
नेपालको लोकतान्त्रिक आन्दोलनको शिरमामा दमक रहेको राईले बताउनुभयो । यो देशको नेतृत्व दमकले गरेको उहाँले बताउनुभयो । दमक एमालेका अध्यक्ष एवं प्रधानमन्त्रीको निर्वाचन क्षेत्र भएको यसले समग्र देशलाई नै नेतृत्व गरिरहेको राईले बताउनुभयो । एमाले अहिले जरा अभियानमा रहेको र अहिले सबै कार्यकर्तालाई र्पाीले काम दिएको बताउनुभयो । विकास र समृद्धिको एजेण्डा अघि बढाउन र बलियो राष्ट्रशक्तिको आवश्यकता पुरा गर्न मिसन ०८४ मा एमालेलाई बहुमत दिनुपर्ने राईको धारणा छ ।