अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजावादीलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो – रक्सी चोरेर भाग्नेले देश चलाउछन् ?

राजावादीलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो – रक्सी चोरेर भाग्नेले देश चलाउछन् ?


काठमाडौं -प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा सुशासन र विकास भइरहेको बताउनुभएको छ ।
दमकमा एमालेले आयोजना गरेको विशाल जागरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशलाई स्थिरता र स्थायित्व चाहिएको बताउनुभएको हो । उहाँले विभिन्न बहानामा देशलाई अस्थिरतामा लैजाने तमासा गरिरहेको बताउनुभयो । राजनीति भनेका थाहै नपाएका ढुंगा हानेका जानेकाले देश चलाउछु भनेर उधुम मच्चाएको बताउनुभयो । ड्राइभिंग चलाउन नजानेकोले राम्रोसँग गाडी चलाउछु भनेर जनतालाई छक्याएको बताउनुभयो ।
दुईचार मान्छेले राजा फर्काउछौं भन्दा गाडीको हुटमा चढेर हात हल्लाउदै हिडेको पनि देखियो प्रधानमन्त्री ओलीले भन्नुभयो यी कस्ता तत्व हुन् भन्ने कुरा चैत १५ गते काठमाडौंको तीनकुनेमा देखियो । ठुला कुरा गर्नेहरु रक्सी चोर्दै भाग्दै हिडेका,स्याउ चोर्दै हिडेका देखियो । राजा फर्काउने र तिनीहरु मन्त्री प्रधामन्त्री बनउने र त्यस्तालाई मन्त्री बनाउनु भन्दा पशुपतिका बाँदरलाई बनाउदा राम्रो हुन्छ ।