अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले वैशाख ११ गते काठमाडौँमा शक्ति प्रदर्शन गर्दै

एमालेले वैशाख ११ गते काठमाडौँमा शक्ति प्रदर्शन गर्दै


काठमाडौँ-नेकपा एमालेले लोकतन्त्र दिवसका दिन वैशाख ११ गते एक लाख युवालाई काठमाडौँमा उतारेर शक्ति प्रदर्शन गर्ने भएको छ।

देशभरबाट एक लाख युवाहरू यही वैशाख ११ गते काठमाडौँमा सहभागी हुने नेकपा एमाले युवा सङ्घ नेपालका अध्यक्ष क्षितिज थेवेले जानकारी दिनुभयो।

‘लोकतन्त्रको ‘सेलेब्रेसन’ गर्ने हो। त्यसमा देशभरका एक लाख युवाहरू सहभागी हुन्छन्’, अध्यक्ष थेवेले भन्नुभयो, ‘कार्यक्रममा युवाहरूलाई सम्मान गर्ने र स्पेस दिने काम हुन्छ।’

काठमाडौँको भृकुटीमण्डप वा टुँडिखेलमध्ये कुनै एक ठाउँमा कार्यक्रम गरिने अध्यक्ष थेवेले बताउनु भयो।