अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जाजरकोटमा आज बिहानै फेरि अर्को भूकम्प

जाजरकोटमा आज बिहानै फेरि अर्को भूकम्प


जाजरकोट-जाजरकोटमा सात घण्टाको फरकमा दुईवटा भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, कुशे गाउँपालिकाको पैङ्क क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएराति र आज बिहान गरेर दुईवटा भूकम्प गएको हो।

पहिलो भूकम्प गए राति ९ बजेर ३१ मिनेटमा ४.१ म्यागनिच्युटको भूकम्प गएको थियो भने दोस्रो भूकम्प आज बिहान ४ बजेर ५३ मिनेटमा ४.४ म्याग्निच्युटको भूकम्प गएको हो । लगातार गएका यी भूकम्पका कारण हालसम्म मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ। पछिल्लो समय पश्चिम नेपालमा लगातार ससाना भूकम्प गइरहेका छन्।