अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपा सहमहामन्त्री सुमना श्रेष्ठले किन दिनुभयो पदबाट राजीनामा ?

रास्वपा सहमहामन्त्री सुमना श्रेष्ठले किन दिनुभयो पदबाट राजीनामा ?


काठमाडौँ-प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्री पदबाट राजीनामा दिनुभएको छ। एक व्यक्ति एक पदको अवधारणामा आफूले सहमहामन्त्री पद छोडेको श्रेष्ठले बताउनु भएको छ।

पार्टी पुनर्संरचना गर्ने चाहानालाई सहयोग पुर्‍याउन श्रेष्ठले दोहोरो भूमिका निर्वाह नगर्ने बरु संसदमै प्रभावकारी भूमिका निर्वाह गर्छु भनेर राजीनामा दिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो।

‘मेरो लागि पूरै समय सांसद पद हो। फेरि एक व्यक्ति एक पद हाम्रो अवधारणा पनि हो । त्यसैले ठाउँ छोडिदिनुपर्छ भन्ने कुरा हो। सभापति (रवि लामिछाने)ज्यू जिम्मेवारीमा फर्केकै वेला राजीनामा दिएको हो। एक व्यक्ति एक पदको वैचारिक लाइनमा छलफल गर्नुपर्छ भन्ने थियो । कसरी अगाडि लाने भनेर कुराकानीमा थियौँ । तर, उहाँ हाउसबाटै अरेस्टमा परेपछि रोकियो,’ उनले भनिन् ।

श्रेष्ठले पार्टीभित्र सुधारका लागि आफूले यो कदम चालेको बताउनुभयो । ‘राजनीतिक सुधारको विषय हुनुपर्छ, यो तहको छलफल हुनुपर्छ भनेर सोचिरहेका थियौँ। सुधारका लागि गरेको हो। नयाँ दल भएकाले नयाँ अभ्यास गर्ने, नयाँ साथीलाई काम गर्नका लागि छोड्नुपर्छ भन्ने हो,’ उहाँले भन्नुभयो।