काठमाडौं-सञ्चारिका समूह नेपालको नवौँ महाधिवेशनबाट अध्यक्षमा कमला पन्थी विजयी हुनुभएको छ। शनिवार भएको निर्वाचनमा पन्थीले १४९ मत ल्याएर अध्यक्ष निर्वाचित हुनुभएको हो। पन्थीका प्रत्यासी पवित्रा सुनारले ८७ मत प्राप्त गर्नुभयो।
नयाँ कार्यसमितिको उपाध्यक्षमा बसन्ती बास्तोला १२८ मतसहित विजयी हुनुभएको छ। यसैगरी महासचिवमा राधा खनाल निर्विरोध निर्वाचित हुनुभएको छ।
सचिवमा उर्बशी बस्न्यात १०७ मतसहित विजयी हुनुभयो। सचिव पदमा अर्की प्रतिस्पर्धी नुनुता राई चार मतले पराजित हुनुभयो। राइले १०३ मत प्राप्त गर्नुभयो ।
त्यस्तै, सदस्यहरू कल्पना शर्मा, विष्णु पन्थी, देवी सापकोटा, अजबी पौडेल, कालिका शिवाकोटी, सम्झना वन, तारा चापागाईं र दीपा रेग्मी विजयी भएका छन् । कोषाध्यक्षमा साजना तामाङ १५ मत अन्तरले निर्वाचित हुनुभयो । तामाङ १२० सहित निर्वाचित हुँदा अर्की प्रतिस्पर्धी मञ्जिमा ढकालले १०५ मत प्राप्त गर्नुभयो।
सदस्यहरुमा कल्पना शर्मा, विष्णु पन्थी, देवी सापकोटा, अजबी पौडेल, कालिका शिवाकोटी, सम्झना वन, तारा चापागाईं र दीपा रेग्मी निर्वाचित हुनुभएको छ। सञ्चारिका समूहको नवौं महाधिवेशनबाट नयाँ कार्यसमिति चयनका लागि शनिबार निर्वाचन भएको थियो।
सञ्चारिकाको नवौँ महाधिवेशनका अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले शुक्रबार उद्घाटन गर्नुभएको थियो।





प्रतिक्रिया