अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजनीतिक स्थिरता दिनका लागि कांग्रेस र एमाले मिलेको हो: प्रधानमन्त्री ओली

राजनीतिक स्थिरता दिनका लागि कांग्रेस र एमाले मिलेको हो: प्रधानमन्त्री ओली


काठमाडौं-प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्थिरता दिनका लागि कांग्रेस र एमालेबीच दुई ठूला दल मिलेको बताउनु भएको छ।

मदन भण्डारी फाउण्डेसनको चौथो राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समयको आवश्यकता र देशको अर्थतन्त्र जोगाउन कांग्रेस र एमाले मिल्नु परेको बताउनु भयो।

प्रधानमन्त्री ओली भन्नुभयो, ‘समयको आवश्यकताले प्रतिस्पर्धी दल एमाले र कांग्रेसको सरकार बनेको हो। देशमा स्थिरता नभएकाले, अर्थतन्त्र ओरालो लागेकाले पुराना दुई दल मिल्नुपरेको हो।’