मोरङ-मोरङको विराटनगरतर्फ आउँदै गरेको गुडिरहेको टिपरमा आगो लागेको छ। केहीबेर अघि प्र १– ०२–००१ ख ८५३१ नम्बरको टिपरको तार सर्ट भई आगलागी भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ।
प्रहरीले भने आगलागीको कारण थाहा नभएको जनाएको छ। आगलागी भएको केही बेरमा विराटनगर महानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया