काठमाडौं-मन्त्रिपरिषद् बैठक सुरु भएको छ। मन्त्रिपरिषद्को नियमित बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केही समय अघि सुरु भएको हो।
आजको मन्त्रिपरिषद्ले गभर्नर नियुक्तिको सिफारिस समिति सदस्य नियुक्त गर्नेछ।
बैठकमा नेपाल प्रहरीका ६ डिआइजीको एआइजीमा बढुवाको प्रस्ताव छ। डिआइजीहरु चन्द्रकुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरी शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा.मनोज केसी बढुवा सिफारिस भएको थियो। उनीहरुको बढुवासँगै पदस्थापनको तयारी छ।
प्रतिक्रिया