अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची


काठमाडौँ-आज दुई संसदीय समितिको बैठक बस्दै छ। जसअनुसार आज बिहान ८ बजेबाट महिला तथा सामाजिक मामिला समितिको बैठक बसिरहेको छ । बैठकमा सिडको आधारभूत सिफारिस नं. ३९ सम्बन्धमा छलफल भइरहेको छ। 

त्यस्तै दिउँसो ३ बजे राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बस्नेछ। 

बैठकमा नेपालको संविधानको धारा ५३ बमोजिम नेपाल सरकारले सङ्घीय संसदमा पेस गरेको आर्थिक वर्ष २०८०/०८१ को सरकारको वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल र समसामयिक विषयमा छलफल हुनेछ ।