काठमाडौं-नेकपा एमाले संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले नेकपा एमालेको आन्तरिक जीवनमा २०८२ विशेष महत्वको वर्ष हुने बताउनु भएको छ। २०८२ भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन गर्ने उद्घोष भइसकेकोले त्यसको ६ महिनाभित्र राष्ट्रिय महाधिवेशनको आयोजना हुने प्रबल सम्भावना रहेको उहाँले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गर्नुभएको छ।
२०८१ फागुन–चैतमा भएको २०८२ को सदस्यता नवीकरण नै महाधिवेशन प्रक्रियामा सहभागी हुने फाइनल सूचि हुने उहाँले स्पष्ट पार्नुभएको छ। नवीकृत सदस्यहरूको रिपोर्ट सङ्कलन गरी प्रदेश पार्टी कार्यालयमा पठाउने अन्तिम मिति वैशाख मसान्त तय भएकाले पार्टी सदस्य र मातहतका कमिटीले उच्च सजगता राख्नु पर्ने घडी आएको उहाँले बताउनुभएको छ।
वैशाख महिना भरीमा प्रदेश पार्टीमा जिल्लाबाट सदस्यको नाम पठाउनु पर्ने भएकोले अब बाँकी रहेको दुई हप्ता एमालेका सदस्यका लागि निक्कै महत्त्वपूर्ण रहेको उहाँको भनाइ छ। ‘पछि पश्चाताप नहोस्’, सामाजिक सञ्जाल फेसबुकमा उहाँले लेख्नुभएको छ ।
प्रतिक्रिया